काठमाडौं। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो ।
हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । चालू आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण शुरू गर्न बजेट विनियोजन भएको उनले बताए ।
भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए ।बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इँटालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।
विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको लकडाउन, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्की र मनाङको सिमानामा ३.७ म्याग्निच्युडको भूकम्प
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागु
दार्चुलामा भूकम्पको धक्का
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का