पार्टीभित्र वैचारिक मत भिन्नता छैन :  गोकर्ण विष्ट

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १२ : ४६
पार्टीभित्र वैचारिक मत भिन्नता छैन :  गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन्। उनले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिएको बताएका हुन्।

उनले व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताए। सहमतिको प्रयास आफूहरूले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको उनको भनाइ छ।

सचिव विष्टले अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको जिकिरसमेत गरे। उनले भने, ‘प्यानलगत उम्मेदवारी भएको छैन। मिडियाले मात्रै प्यानल बनाइदिएको हो। यहाँ त हरेकले व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिनुभएको छ। प्यानल देखिएको छैन। व्यक्तिगत उम्मेदवार दिनुभएको छ। हामीले विभिन्न रूपले सहमतिको प्रयास गरेका छौँ। अहिले हाम्रो पार्टीभित्र वैचारिक मत भिन्नता देखिँदैन।’

 

प्रतिक्रिया दिनुहोस