कपिलवस्तुमा सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १० : २८
कपिलवस्तुमा सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु

काठमाडौ । कपिलवस्तुमा सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु भएको छ।

मंगलवार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका–९ भलवाडका दिदी र बहिनीको उपचारका क्रममा बुधवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले बताए।

गएराति घरमा सुतिरहेका वेलामा सर्पले डसेको हो। सर्पले डसेको थाहा पाएपछि दुवैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भए पनि दुवैको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस