इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १६ : १६
इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुख निरञ्जन देवकोटाले त्रिशूलीमा हाम फालेर आत्महत्या गरेका छन् । देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।मर्ज भएपछि हेटौँडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको भन्ने सुन्नमा आएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

गैह्रेले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने सुन्नमा आएको छ । यो नै हो कारण त भन्न सकिदैन् बाँकी अनुसन्धानबाट खुल्ला तर तर सुन्नमा आएको यही हो ।’

देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए । देवकोटाको घर हेटौँडा उपमहानगरपालिका-२ चौकीटोल हो ।

प्रतिक्रिया दिनुहोस