काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन ।
उनले आज एक विज्ञप्तिमार्फत सो घट्नाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभयो । सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गरे।
उनले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी तथा दाजुभाइमा अपिल गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ असोज २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !