विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए । खतिवडाले ५१२ मत पाएका थिए । ढकालले ४३० मत पाए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचन भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी
संखुवासभामा एमालेको अग्रता कायमै, पच्छ्याउँदै रास्वपा
कैलाली-५ मा एमालेसहित १२ उम्मेदवारको धरौटी जफत
बझाङमा एमालेका महर विजयी
डोटीमा एमालेको सुरुआती अग्रता, पच्छ्याउँदै नेकपा