ललितपुर । संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित ५ जनालाई ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, सोही गाउँपालिका-४ बस्ने २० वर्षीय बिनोद कालिकोटे, रामेछाप जिल्ला रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दल बहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रेम बहादुर बिक रहेका छन् ।
उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला जस्तो आखेटोपहारसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ