पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १४ : २४
पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीन भ्रमणबारे ब्रिफिङ गरेका छन् । बालुवाटारमा बसेको बैठकमा विदेश भ्रमणबारे पार्टीका नेताहरूलाई जानकारी गराएको सचिव दिनानाथ शर्माले बताए ।

‘प्रचण्ड’को भनाई उदृत गर्दै सचिव शर्माले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा राखेर महत्त्वपूर्ण सहमति र सम्झौता गरेका छौँ । त्यसलाई कार्यान्वयन गराउनतिर अब हामी लाग्नुपर्छ ।’

प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ शनिबार चीन भ्रमणबाट नेपाल फर्किएपछि आज पार्टीका नेताहरूसँग छलफल गरेको पार्टी मुख्य सचिव श्रीराम ढकालले बताए । उनले पदाधिकारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस