काठमाडौं। एक जनालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सोमबार साँझ देव लामालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भोजबहादुर लामा र अर्का आशालाल लामारहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।
‘प्रहरीले हिजो २ जनालाई पक्राउ गरेको छ,’ एसपी ढुंगेलले भने ।भोजबहादुर बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ हुन् ।
३ घण्टा ट्याक्सीमा राखेर अपहरण परेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको थियो ।लामालाई कोटेश्वरबाट अपहरण गर गरेर दरबार मार्गमा ल्याई कुटपिट गरेको स्रोतले बतायो । त्यसपछि उनीहरूले ट्याक्सीमै सामाखुशी लगेका थिए । त्यहाँबाट देवले प्रहरीको अत्यावश्यक नम्बर १०० मा फोन गरेपछि उनको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ