काठमाडौं। एक जनालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सोमबार साँझ देव लामालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भोजबहादुर लामा र अर्का आशालाल लामारहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।
‘प्रहरीले हिजो २ जनालाई पक्राउ गरेको छ,’ एसपी ढुंगेलले भने ।भोजबहादुर बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ हुन् ।
३ घण्टा ट्याक्सीमा राखेर अपहरण परेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको थियो ।लामालाई कोटेश्वरबाट अपहरण गर गरेर दरबार मार्गमा ल्याई कुटपिट गरेको स्रोतले बतायो । त्यसपछि उनीहरूले ट्याक्सीमै सामाखुशी लगेका थिए । त्यहाँबाट देवले प्रहरीको अत्यावश्यक नम्बर १०० मा फोन गरेपछि उनको उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ