धनगढी । आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ ।
एक महिना देखी अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो।
प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज १६ गते मंगलबार दिनको १ः ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’
आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभामा बैठक बस्दै