झापा । अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका-४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।
उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका-४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका-३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ