झापा । अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका-४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।
उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका-४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका-३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ