शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ : शिक्षामन्त्री राई

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १४ : ५९
शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ :  शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध हुन नपाउने जानकारी दिए ।

‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन । उहाँहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ’, शिक्षामन्त्री राईले भने ।

शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुप¥यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने मन्त्री राईले बताए ।

प्रतिक्रिया दिनुहोस