एकल वाचनमा कवि मञ्जुल

रासस

शनिबार, १३ असोज २०८०, १९ : ५२
एकल वाचनमा कवि मञ्जुल

गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।

पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए ।

उनले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाएका थिए । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गराए ।

आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो । उक्त समूहमा मञ्जुल, रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस