काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिए।
उनले भने,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, विस्तृत विवरण केही समयपछि आउँछ। ’
उनी अनअराइभल भिसामा नेपाल आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने