एजेन्सी । भारतस्थित मध्यप्रदेशको उज्जैन बलात्कार काण्डका आरोपित भरत सोनीका बुबाले आफ्नो छोराले अपराध गरेको हो भने उसले मृत्युदण्डको सजाय पाउनुपर्ने बताएका छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले रुँदै भने, ‘बालिकासँग धेरै गलत काम भयो। मेरो छोरो यस्तो होला भन्ने सोचेको थिइनँ। अब मान्छेका अगाडि मैले कसरी मुख देखाउनु! बरु प्रहरीले पक्रनुको सट्टा गोली हान्नुपर्थ्यो।’
प्रहरीका अनुसार आरोपित भरत सोनीले यही सेप्टेम्बर २५ तारिखका दिन १५ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। त्यसपछि ती बालिका साढे दुई घण्टासम्म रगतले लतपतिएको लुगा लगाएर हिँडिरहेकी थिइन्। प्रहरीले सात सयभन्दा बढी सीसीटीभी फुटेज स्क्यान गरेर आरोपितलाई पक्राउ गरेको हो।
सेप्टेम्बर २८ तारिख प्रहरीले उनलाई अनुसन्धानका लागि घटनास्थलमा लगेको थियो। अभियुक्तले त्यहाँबाट भाग्ने प्रयास गरेका थिए। यसै क्रममा उनी घाइते भए। उनको इन्दौर अस्पतालमा उपचार भइरहेको छ।
अदालतले आरोपितलाई ७ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ असोज २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप