वीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार​

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १६ : १४
वीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार​

काठमाडौं। वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् ।कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार भएका हुन् ।

 

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो ।फरार  दुवै जनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

 

क्षमताभन्दा बढी बाल कैदी बन्दी भएकाले मधेश प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासीनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधार गृह समस्यामा परेको हो ।

साठी जनाको क्षमता भएको सुधार गृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधार गृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस