काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाइनीबीच भेटवार्ता भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए ।
पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक भएको बताएका उनको सचिवालयले जनाएको छ ।
‘बसाइँसराइ रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौं,’ पाण्डेले भने । प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।
भेटमा अमेरिकी उपविदेशमन्त्री एवं आप्रवासन बिभागका उप सहायक सचिव वाइनीले बिगतदेखि नेपाल र अमेरिकी सरकारबीचको सम्बन्ध अहिलेपनि सौहार्द रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ असोज २०८०, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती