काठमाडौँ । जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ । बिहीबार पत्रकारसँगको छलफलमा जसपाका प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध रहेको भन्दै उनले पार्टी एकता र गठबन्धन भने नगर्ने बताए । यस्तै प्रवक्ता यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको तर अहिले त्यस्तो नरहेको पनि बताए ।
मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारमा जनमत पनि सहभागी रहेको भन्दै उनले राजनीतिक सम्बन्ध पनि राम्रो रहेको बताए । प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।
उनले भने,'जनमत पार्टी मिसन २०८४ मा लागेको छ । आउने चुनावमा कम्तीमा दुई वटा प्रदेशमा बहुमत ल्याउँछौँ , सरकार पनि बनाउँछौँ । संघमा पनि बलियो उपस्थिति देखाउने गरी तयारी भइरहेको छ ।'
प्रवक्ता यादवले बाध्यतावश संघीय सरकारमा गएको बताए । जुन मन्त्रालय लिएपनि काम गरेर देखाउने भन्दै उनले काम गर्न सकेन भने पार्टीले त्यसको बारेमा पुनः छलफल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा