काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ ।
राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो ।
विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घको तर्फबाट यस किसिमको घातक हतियार नष्ट गरेसँगै विश्वमा आणविक हतियारको सङ्ख्या उल्लेखनीय मात्रामा कमी भएको छ । राष्ट्रसङ्घका अनुसार अहिले पनि विश्वभर करिब १२ हजार पाँच सय १३ आणविक हतियार रहेका छन् ।
यसैगरी विश्वका करिब आधा जनसङ्ख्या आणविक हतियार भएका मुलुक र हतियार हुने देशको मोर्चासम्बद्ध देशमा बसोबास गर्दछन् । आणविक हतियारका कारण अकल्पनीय धनजनको क्षति हुनबाट जोगाउन र वातावरणसहित पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने मूल उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
यस दिवसका अवसरमा आणविक हतियार उन्मूलनका सन्दर्भमा विश्वभर व्यापक प्रचारप्रसारसहित प्रतिबद्धता जनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस
आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै