काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब पौने १९ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको छ । सोमबार अनलाइनका माध्यमबाट बोलकबोल मार्फत गरिएको बिल मंगलबार जारी हुनेछ । उक्त ट्रेजरी बिल २८, ९१ र १ सय ८२ दिनको लागि नवीकरण हुनेछ ।
यसमा २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १ सय ८२ दिनका लागि ६० करोड रुपैयाँका बिल नवीकरण गरिएको केन्द्रीय बैकले जनाएको छ ।
यी ट्रेजरी बिल कात्तिक ७ गते, पुस १० गते र चैत १३ गते परिपक्व हुनेछन् । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने राष्ट्र बैकले उल्लेख गरेको छ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने