अधिवेशन मिसन ८४ लाई सफल पार्न कोशेढुंगा सावित हुनेछ : केपी ओली

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, १५ : ४०
अधिवेशन मिसन ८४ लाई सफल पार्न कोशेढुंगा सावित हुनेछ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बागमती प्रदेशको अधिवेशनले पार्टीलाई अघि बढाउन ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष ओलीले  अधिवेशन एउटा नमूना अधिवेशनको रुपमा स्थापित हुने बताएका हुन्।

'यस अधिवेशनले एउटा नमूना अधिवेशनका रुपमा आफ्ना काँधमा रहेका अभिभारा र चुनौतिहरूलाई मध्यनजर गर्दै  गम्भीर निर्णय र निष्कर्श निकाल्नेछ, 'उनले भने,' विगतमा आफूले गरेका कामहरूको समीक्षा गर्नेछ। आजको यथार्त अवस्थाको बारेमा आंकलन र मूल्यांकन गर्नेछ।'

उनले मिसन ८४ लाई सफल पार्न यो अधिवेशन कोशेढुंगा सावित हुने बताए। उनले भने,'अब हामी कसरी अगाडि बढ्छौं र मिसन ८४ लाई कसरी सफल पार्छौं यस कुरामा यस अधिवेशनले ऐतिहासिक योगदा नगर्ने छ।'

नेकपा एमालेले राष्ट्रियताको प्रश्नमा होस्, जनजीवनका प्रश्नमा होस् , विकासलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउने प्रश्नमा होस् सदैव दत्तचित्त भएर लागिरहेको उनको भनाइ छ।

अधिवेशनको सफलताको शुभकामना दिँदै ओलीले एमाले  राष्ट्रियताको रक्षाका निम्ति सदैव लडिरहने र राष्ट्रिय चिन्तनको प्रतिनिधित्व गर्दै आएको बताए।