काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्नेमा केन्द्रित भएको बताएका छन् ।
सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले संकटपूर्ण अवस्थामा देशको नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरु सुनिएपनि एमालेको ध्यान सरकार परिवर्तन भन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित भएको बताएका हुन् ।
उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो संकटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने दाबी गरे । उनले निर्वाचन लगत्तै मिसन ग्रासरुट चलाएर जनताका आकांक्षा बुझ्ने काम गरेको भन्दै एमालेले चलाएको मिसन २०८४ बाट नेपालको भाग्य र भविस्य निर्माण गर्ने समेत बताए । उनले नेपाली समाजका मौलिक संस्कृतिमाथि प्रहार गर्ने, जातीजातीलाई विभाजित गर्ने दुष्प्रयास गरेको भन्दै यस्तो अवस्थामा राष्ट्रिय हितलाई अघि बढाउने पार्टी नेकपा एमालेमात्र रहेको दाबी गरे ।
‘यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने तागत कुनै पार्टीमा छ भने त्यो एमालेमा मात्र छ भन्ने कुराको सच्चाइलाई बुझ्न जरुरी छ’, महासचिव पोखरेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल