यौनधन्दा गराएको आरोपमा एक महिला सहित दुई जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०८ असोज २०८०, ०७ : १४
यौनधन्दा गराएको आरोपमा एक महिला सहित दुई जना पक्राउ

धनगढी ।  कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित  एक महिला पक्राउ परेका हुन्।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस