काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गत साता संसद्मा दर्ता गरेको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने समेत बताए। उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएको नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
पार्टीनिकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानूनसम्बन्धी विधेयक पनि केही दिनभित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
उनले भने,‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो। त्यो भएको हिसाबमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईंका मागहरु छन, जुन जायज छन्। शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ। कांग्रेसका सांसदहरु, कांग्रेसका केन्दीय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौँ भनेर छलफल गर्छौँ। मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ। हामी संसदको सबैभन्दा ठूलो पार्टी हो। हामीले सच्याउन चाहँदा यो सच्चिन्छ। यसलाई हामीले सच्याउनु पर्दछ। निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ। हामीले बनाउनु पर्नेछ। हामी बनाउँछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा