काठमाडौँ । ज्यान मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भएका चक्र बहादुर राई छन् ।
२०४६ कार्तिक १७ मा चक्र बहादुर सहित अरू ३ जना मिलेर तत्कालीन २६ वर्षीय बद्री कुमार राईको हत्या गरेका थिए । २०४६ कार्तिक २० मा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । जिल्ला अदालत भोजपुरले २०६० जेठ २७ मा चक्र बहादुरलाई सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको थियो ।
प्रतिवादीलाई सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२० स्थित तरहराबाट पक्राउ गरिएको भोजपुरका डिएसपी सुदिप पाठकले बताए । साविक दोभाने गा.वि.स वडा नम्बर–८ का वडा अध्यक्ष रामनाथ राईको घरमा सुतिरहेको अवस्थामा प्रतिवादीहरूले खुकुरीले हानेर गम्भीर घाइते बनाएपछि बायाँ हात छिनालेर बोकेर भागेका थिए । उपचारको लागि लैजाँदा दोभाने पाटीमा बद्रीको मृत्यु भएको थियो ।
मृतक पदम बहादुर राईको छोरा हुन् ।३४ वर्षदेखि लुकेका चक्र बहादुरलाई तरहराबाट प्रहरी हवलदार चितरंजन मेहता समेतको टोलीले पक्राउ गरेका हुन् । हत्या गर्दा २७ वर्षका चक्रबहादुर अहिले ६७ वर्ष भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ