इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी

आइतबार, ०७ असोज २०८०, ०७ : ५१
इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा तेस्रो जित निकालेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नाडेन्जले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । उनले गरेको सोही गोल युनाइटेडको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको युनाइटेड लिग तालिकाको आठौँ स्थानमा छ । पराजित भएको बर्नलीले ५ खेलबाट एक अङ्क मात्रै जोडेको छ । ६ खेलमा शतप्रतिशत जित निकालेको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस