एजेन्सी । विश्वकप क्रिकेट जित्ने टोलीले कति पुरस्कार राशि पाउँछ?
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले यसबारे जानकारी दिएको छ।आईसीसीले विजेता टोली र अन्य टोलीलाई पुरस्कार राशि दिने घोषणा गरेको छ।
आईसीसीले जारी गरेको विज्ञप्तिअनुसार विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर अर्थात् नेपाली रुपैयाँ ५३ करोड ५ लाख ४५ हजार ६ सय पुरस्कार दिइनेछ।
यस्तै उपविजेता टोलीका लागि २० लाख डलर अर्थात् २६ करोड ५२ लाख ७२ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टोलीलाई ८–८ लाख डलर अर्थात् नेपाली १० करोड ६१ लाख ९ हजार १ सय २० रुपैयाँ दिइनेछ।
यस्तै समूह चरणबाट बाहिरिने प्रत्येक ६ टोलीलाई १ लाख डलर अर्थात् १ करोड ३२ लाख ६३ हजार ६४० रुपैयाँ दिइनेछ। समूह चरणमा जितेका प्रत्येक टोलीलाई ४० हजार डलर अर्थात् ५३ लाख ५ हजार ४५६ रुपैयाँ पुरस्कार दिइनेछ।
उक्त प्रतियोगितामा कूल १ करोड डलर अर्थात् १ अर्ब ३२ करोड ६३ लाख ६४ हजार रुपैयाँ पुरस्कार वितरण गरिने छ। १३औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगितामा १० देश सहभागी हुनेछन्।
अक्टोबर ५ मा सुरु हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असोज २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै