काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले डोटीको शिखर नगरपालिका–२ घर भई हाल काठमाडौँमा बस्दै आएका ३२ वर्षीय धन बहादुर बोगटीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कृष्ण बहादुर बोगटीबाट तीन लाख लिएर फरार रहेका थिए । प्रहरीले धन बहादुर बोगटीलाई काठमाडौँको सेतो सेतोपुललबाट पक्राउ गरेको जनाएको छ ।उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ