काठमाडौँ । मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले डोटीको शिखर नगरपालिका–२ घर भई हाल काठमाडौँमा बस्दै आएका ३२ वर्षीय धन बहादुर बोगटीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै कृष्ण बहादुर बोगटीबाट तीन लाख लिएर फरार रहेका थिए । प्रहरीले धन बहादुर बोगटीलाई काठमाडौँको सेतो सेतोपुललबाट पक्राउ गरेको जनाएको छ ।उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ