शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १३ : ०४
शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ ।

त्यस्तै काठमाडौँको भित्री सडकमा सार्वजनिक सवारी साधन प्रवेशमा निषेध गरिएको छ भने भित्री सडकमा पनि निजी सवारी साधनलाई मात्रै प्रवेश दिइएको छ । आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार भित्री सडकमा चलेका निजी सवारीसाधन पनि प्रेसरमा चलेका छन् ।

प्रतिक्रिया दिनुहोस