लुधियाना । भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।
शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।
लगत्तै लुधियाना प्रहरीले दिल्ली प्रहरीको सहयोगमा विशेष अपरेसन चलाएको थियो । लगत्तै फरार नेपाली कामदार करन बहादुरसहित तीन जना पक्राउ परेका थिए । प्रहरीले लुटेराहरूको साथबाट १ करोड बराबरको सुनको गहना, २।७६ लाख भारु पैसा, पाँचवटा ब्रान्डेड घडी, विभिन्न देशको सिक्का, मोती र सिल्भर गिलास बरामद गरेको छ ।
प्रहरी कम्स्निर मन्दीप सिंह सिद्धु अनुसार लुटेराहरू एक दुई दिनभित्रै भागेर नेपाल पुग्ने योजना बनाएका थिए । तर उनीहरूलाई दिल्लीमा लुकिरहेको स्थानबाट पक्राउ गर्न सफल भएको उनको भनाई छ ।किला रायपुरबाट दुईपटक सांसद रहिसकेका ग्राचा सन् १९९७ देखि २००२ सम्म शिरोमनी अकाली दल–भाजपा सरकारमा क्याबिनेट मन्त्री रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ