काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय, धनुषाले २०७१ असोज ७ गते मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ मा रहेको रामजानकी प्राथमिक विद्यालयमा निलमकुमारी यादवलाई प्रावि दरबन्दीमा पदस्थापन गरेको थियो ।
यादवले भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा रामजानकी प्राथमिक विद्यालयमा पदस्थापन भई पदको ओहदा, अधिकार, हैसियत वा सुविधाको दुरुपयोग गरेको आयोगको ठहर छ ।
आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको माग गरेको छ । यस्तै, तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलले यादवसँग मिलेमतोमा नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापनसम्बन्धी कागजात तयार गरेको आयोगको ठहर छ । उनलाई पनि कैद र जरिवाना दुवै सजायको माग दाबीसहित आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा