काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गरेको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय शासन प्रणाली नयाँ अभ्यास भए पनि नागरिकसामु देख्न सक्ने, छुन सक्ने गर्ने अवस्थामा सरकार उभिएको बताएका हुन् ।
साथै, उनले गण्डकी प्रदेश सरकार नेपालको संविधानको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम संघीयता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।यसका लागि अन्तर प्रदेश मुख्यमन्त्री बैठक गरेर संघीयतालाई सबलीकरण गर्न १७ बुँदे साझा धारणा जारी गरिसकेको स्मरण गरे ।
संघीयता कार्यान्वयनका लागि प्रदेश समन्वय परिषद्ले प्रदेश र स्थानीय तहका साझा समस्या र चुनौतीहरु पहिचान गर्दै कानून तर्जुमा, साझा अधिकारका सूची कार्यान्वयनमा देखिएका समस्या तथा अन्तर तह समन्वयका सुझावलाई कार्यान्वयनका लागि संघीय सरकारसमक्ष अनुरोध गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता