राजधानीको महाराजगन्ज चोकमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १९ : ३९
राजधानीको महाराजगन्ज चोकमा शंकास्पद वस्तु फेला

काठमाडौं । राजधानीको महाराजगन्ज चोकमा मंगलबार साँझ शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

वेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस