धादिङमा एसिड प्रहार, दुई जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १६ : ३८
धादिङमा एसिड प्रहार, दुई जना घाइते

धादिङ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको छ । मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

मापसे सेवन गरी बिकको पसलमा गएका व्यक्तिले विवाद गरेपछि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् ।

एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस