काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए ।
‘नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ ,’ उनले भने । देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको उनको भनाइ छ ।
सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ,’ उनले भने ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए । साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न आग्रह गरे । ‘गोरखालाई दुःख पिर पर्दा मेरो सहयोग रहन्छ । गोरखाको विकासका लागि साझेदारी गरौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन