रोकियो विद्याभूषण पदक

पत्रपत्रिकाबाट

सोमबार, ०१ असोज २०८०, ०७ : ०९
रोकियो विद्याभूषण पदक

काठमाडौ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा बितरण नहुने भएको छ ।

शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण बितरण गर्ने भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो ।

समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै अहिले पदक तयार गर्न सकिने अवस्था नरहेको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस