गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १२ : ३४
गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हाे ।

टोलीमा काठमाडौं परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। 

गएराति तीनकुने, गैरीगाउँमा गए राती एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको थियाे । प्रहरीका अनुसार हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको छ।

 साे काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन । तर, शुक्रबार राती उनको पनि हत्या भएको छ । सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस