काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई आज भारत जाँदै छन्।
एक साता लामो भ्रमणका लागि भट्टराई शनिबार भारत प्रस्थान गर्न लागेका उनको सचिवालयले जनाएको छ। नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन्।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा प्रवचन दिने कार्यक्रम छ।
भारत बसाईका क्रममा ड.भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
डा.भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। डा.भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई