काठमाडौं । भदौ महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।
मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ।
यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम
वीरगन्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, कति बढ्यो ?
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो