घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०८२, ०६ : ३७
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।