काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले चीनको हाङजाओमै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटघाटको कार्यक्रम रहेको, सोही दिन १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने जानकारी गराएका छन् ।
न्यूर्योकबाट सिँधै चीन भ्रमणमा जानुपर्ने अवस्था रहेको बताउँदै उनले प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेश्रो चीन भ्रमण हुने जानकारी गराए । उनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने– ‘यस भ्रमणलाई मैले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई मजबुद तुल्याउन सदुपयोग गर्ने कुरा अवगत गराउन चाहन्छु ।’
२५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताए । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ ब्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे प्रधानमन्त्रीले जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग