चिकित्सक संघले बोलायो आकस्मिक पत्रकार सम्मेलन

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १५ : ३०
चिकित्सक संघले बोलायो आकस्मिक पत्रकार सम्मेलन

काठमाडौँ । हेटौँडामा चिकित्सक कुटपिटमा परेपछि नेपाल चिकित्सक संघले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । संघले प्रदर्शनीमार्गस्थित कार्यालयमा बिहीबार अपराह्न ४ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो ।

भाद्र २७ गते आजीवन सदस्यद्वय डा विकास थापा र प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौँडामा सांघातिक आक्रमण गरेको विषयमा संघले पत्रकार सम्मेलन राखेको हो । यो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस