काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही भदौ ३० गते अमेरिका जाँदैछन् । युएनको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका उड्न लागेका हुन् । यसअघि जम्बो टोलीसहित अमेरिका उड्न लागेको भनिएपनि प्रधानमन्त्री दाहालले अमेरिकाको भ्रमणमा सानो टिम बनाएका हुन् ।
प्रधानमन्त्रीको भ्रमणको तयारीको लागि यसअघि नै परराष्ट्रमन्त्री एनपी साउद अमेरिका उडिसकेका छन् । अब प्रधानमन्त्री दाहालसँग प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकिय सचिव रमेश मल्ल, निजी फोटोग्राफर प्रदीपराज वन्त र निजी सुरक्षाकर्मीहरु मात्रै भ्रमण दलमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री दाहालकै चाहनाअनुसार भ्रमण दल सानो बनाईएको हो । प्रधानमन्त्री दाहालसहित भ्रमण दल ६ सदस्यीय हुनेछ । प्रधानमन्त्री दाहालले २१ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै चीन भ्रमणमा जानेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड