काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष , संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका महासचिव पोखरेलले बुधबार बिहान पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।नेम्वाङको निधन भएको खबर पाएलगत्तै महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किएका हुन् । पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान ३ बजे हृदयघातका कारण निधन भएको थियो ।
सोमबार राति १ बजेर ५० मिनेटमा त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई मंगलबार बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टिका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल