काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष , संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका महासचिव पोखरेलले बुधबार बिहान पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।नेम्वाङको निधन भएको खबर पाएलगत्तै महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किएका हुन् । पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान ३ बजे हृदयघातका कारण निधन भएको थियो ।
सोमबार राति १ बजेर ५० मिनेटमा त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई मंगलबार बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टिका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल