एसिया कप : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एजेन्सी

बुधबार, २७ भदौ २०८०, ०६ : ३०
एसिया कप : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एजेन्सी । श्रीलंकालाई हराउँदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले हराएको हो । 

भारतले दिएको २१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । 

श्रीलंकाका लागि दुनिथ वेललेजले ४२ रन बनाए । धनन्जय डी सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । 

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २१३  रन बनाएको थियो । 

बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ । फाइनल खेल आइतबार हुनेछ ।