काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस्त रहेको बताएका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सेवा, करुणा र शान्ति नेपाली जीवनदर्शनका मूल आधार’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल