काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एल.जी. ले दशैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एल.जी को कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ।
यस योजना अन्तर्गत, एल.जी. को लागि नेपालको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४०% सम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले एल.जी का सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन्। त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५% सम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।
यस योजना अन्तर्गत ग्राहकले पाउन सक्छन्ः
– एल.जी.साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन ÷ एयर फ्राइर
– एल.जी. डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो,
– एल.जी. डबल डोर फ्रिजको खरीदमा फ्यान र कुलर र उपहार बक्स,
– सिंगल डोर फ्रिजमा क्यासब्याक,
– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
– एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर,
– ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
– टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड
– एल.जी. डिशवाशरको खरीदमा डिशवाशर किट
– एल.जी. भ्याकुम क्लिनरको खरिदमा चपर
– एल.जी. एयर प्युरिफायरको खरिदमा एयर फ्राइर
साथै यस अवधि भित्र एल.जी.को टि.भी. खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एल.जी. स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दछ।
यो अभियान भाद्र २५ देखि नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १४ : १४
लेखकबाट थप