त्रिभुवन विमानस्थल बाहिरबाट १ केजी सुन बरामद

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १३ : ५९
त्रिभुवन विमानस्थल बाहिरबाट १ केजी सुन बरामद

काठमाडौं। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट १ केजी सुन बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले हिजाे दिउँसो उक्त सुन बरामद गरेको हो । प्रहरीले केही व्यक्तिलाई सुनसहित नियन्त्रणमा लिएको स्रोतले बतायो ।

आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६०.७१६ केजी सुनको अनुसन्धान सकेर राय प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस