राजदूतहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १३ : २८
राजदूतहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिएका हुन् ।

विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेको बारे उनले ध्यानाकर्षण गराए ।सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्क्रियामा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए ।

प्रतिक्रिया दिनुहोस