सुवास नेम्वाङलाई राजकीय सम्मान,अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, ११ : ११
सुवास नेम्वाङलाई राजकीय सम्मान,अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले *राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस